हेटौंडा,भीमफेदी र मनहरीका थप २९ जनामा कोरोना
हेटौंडा । मकवानपुरमा आज थप २९ जनामा कोरोना पुष्टि भएको छ । भर्खरै आएको ५२ जनाको स्वाब परीक्षणको रिपोर्टमा थप २९ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा २२ जना हेटौंडा उपमहानगरपालिकाका,२ जना भीमफेदी गाउँपालिका वडा नंबर ४ का र १ जना मनहरी गाउँपालिका वडा नंबर ३ का रहेका छन् ।
यसैगरि ४ जना हेटौंडा बस्ने जिल्ला बाहिरका रहेका छन् । जसमा २ जना बारा र नुवाकोटका एक जना रहेका छन भने एक जना भारतीय रहेका छन् । मकवानपुरमा पछिल्लो दिनमा तिब्र रुपमा संक्रमितको संख्या थपिँदै गएको छ । हिजो पनि जिल्लामा २ जवना बालक सहित २५ जनामा कोरोना पुष्टि भएको थियो । यो संगै जिल्लामा आज सक्रिय संक्रमितको संख्या ९८ जना पुगेको छ ।
जिल्लामा हालसम्म ४ हजारमा कोरोना पुष्टि भएकोमा ३ हजार ८ सय ६९ जना संक्रमण मुक्त भएको छ । मकवानपुरमा कोरोनाबाट हालसम्म ३३ जनाको ज्यान गएको छ । हिजो पनि जिल्लाको हेटौंडामा एक संक्रमितको ज्यान गएको थियो ।

बाइलाइन नेपाल











