आज २३ सय ५१ जनामा कोरोना
बाइलाइन नेपाल८ बैशाख २०७८, बुधबार १६:४६
हेटौंडा । नेपालमा आज थप २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा थप २ हजार ३ सय ५१ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरि आाज थप २ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।













