कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५% छुट

बाइलाइन नेपाल
८ बैशाख २०७८, बुधबार १५:२४
फाइल तस्वीर

काठमाडौं । कोभिड– १९ विरुद्धको खोप लगाउनेहरूलाई चन्द्रागिरि केबलकार यात्रामा २५ प्रतिशत छुट मिल्ने भएको छ । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्वनमा सचेतना अभिवृद्धि गर्ने कार्यमा यो योजना सहयोगी हुने कम्पनीको ठहर छ । यो योजना वैशाख ९ गतेदेखि जेठ १७ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*