मनहरीमा ट्रकले मोटरसाईकललाई दियो ठक्करः एकको मृत्यु,ओभरटेक गरेर अघि बढ्न खोज्दै थियो मोटरसाईकल

बाइलाइन नेपाल
८ बैशाख २०७८, बुधबार १३:२९

हेटौंडा । पुर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

बिरगंजबाट हेटौंडा हुँदै काठमाण्डौ जाँदै गरेको ना ३१ प ८४२७ नम्बरको ट्रकले सोही दिसाबाट चितवन जाँदै गरेको ना ३१ प ८४२७ नंबरको मोटरसाइकललाई मनहरी-९ खरङ्गामा ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्‍वर रिमालले जानकारी दिए ।

उनका अनुसार आज बिहान साँडे ११ बजे खरङ्गामा ओभरटेक गरेर अघि बढेको मोटरसाईकलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको र एक जना घाईते भएको हो ।

उनले भनेः मोटरसाईकल ओभरटेक गरेर अघि बढेको र विपरित दिशाबाट तिब्र गतिमा सवारी आएको देख्दा मोटरसाईकल चालक आत्तिएको र आफ्नो सवारीलाई नियन्त्रणमा दिन नसक्दा सोहि दिशाबाट आएको ट्रकले ठक्कर दिदाँ मृत्यु भएको हुन सक्ने प्रारम्भिक रुपमा त्यही देखिन्छ ।

प्रवक्ता रिमालका अनुसार मृतकको पहिचान भएको छैन । घाईतलाई थप उपचारको लागि चुरेहिल अस्पताल लगिएको छ । ट्रक र ट्रक चालक प्रहरी नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*