आज रामनवमी पर्व मनाइँदै

बाइलाइन नेपाल
८ बैशाख २०७८, बुधबार १२:५८

आज रामनवमी पर्व, देशभर श्रद्धा भक्तिपूर्वक भगवान रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । चैत्र शुक्ल पक्षको नवमी तिथिका दिन मनाइने रामनवमी पर्व आज श्रद्धापूर्वक पूजा आरधना गरी देशभर मनाइँदैछ ।
हिन्दू धर्मग्रन्थ रामायणका अनुसार आजको दिनलाई भगवान श्रीरामचन्द्रको जन्म दिनको रुपमा पनि मनाउने गरिन्छ । त्रेतायुगमा आयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको जेष्ठ सुपुत्रका रुपमा विष्णुको अवतार लिएर श्रीरामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।

भगवान रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको रामायणमा पढ्न पाइन्छ । त्यसैले असत्यमाथि सत्यको विजयको रुपमा लिइने पर्व रामनवमीको अवसरमा देशभरका राम मन्दिरहरुमा पूजा आराधना गरिन्छ ।

आजको दिन जनकपुरको रामजानकी मन्दिरमा भव्य पूजाआजा हुन्छ । रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । आज भगवान श्रीरामको व्रत, उपवास बस्ने र पूजा आराधना गर्नाले सुख, शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।

यस वर्षपनि कोरोना संक्रमणको जोखिम भएकाले मन्दिरहरूमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मात्रै पूजा आराधना गर्न सरकारले सबैलाई आग्रह गरेको छ । कोरोना संक्रमणको महामारीका कारण राम मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको उपस्थिति न्यून देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*