मकवानपुरमा १ सय ३२ दिनपछि थप एक जना संक्रमितको मृत्यु
हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । १ सय ३२ दिन पछि थप एक संक्रमितको मृत्यु भएको हो । यसअघि वि.स २०७७ मंसिर २६ गते हेटौंडा उपमहानगरपालिकाको वडा नंबर ५ का ८५ वर्षीय वृद्धको कोरोना संक्रमणको कारण भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
आज कोरोनाबाट मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ४का ७४ वर्षीय वृद्ध रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौँलागाईले खबरब्रेकलाई बताए । उनका अनुसार संक्रमण पुष्टि भएर होम आइसोलेसनमा उपचाररत वृद्धको आज बिहान मृत्यु भएको हो ।
यो संगै हेटौंडामा कोरोनाबाट मृत्यु हुनेको संख्यष २७ पुगेको छ भने मकवानपुरमा ३३ जना पुगेको छ । यसैगरि कोरोनाबाट मृत्यु हुनेमा थाहा नगरपालिकाकमा र मनहरी गाउँपालिकाका २/२ जना रहेका छन् भने बकैया र बागमती गाउँपालिकाका एकएक जना रहेका छन् ।
मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ३ हजार ९ सय ४८ रहेको छ । जिल्लामा हालसम्म कोरोना निको हुनेको संख्या ३ हजार ८ सय ६७ रहेको छ ।

बाइलाइन नेपाल











