हेटौंडामा २४ जनामा गरिएको स्वाब परीक्षणमा थप ८ जनामा कोरोना

बाइलाइन नेपाल
७ बैशाख २०७८, मंगलवार १७:१०

हेटौंडा । हेटौंडामा आज गरिएको २४ जनाको स्वाब परीक्षणमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केहि बेर अघि आएको रिपोर्टमा ५ जना पुरुष र ३ जना महिलामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा ७ जना हेटौंडा उपमहानगरपालिकाका र १ जना बागमती गाउँपालिका रहेका छन् ।

पुष्टि हुनेहरुमा हेटौंडा-४ की ३५ वर्षीय महिला र ४०,४२ वर्षीय पुरुष रहेका छन् । यसैगरी पुष्टि हुनेहरुमा हेटौंडा-८ की ३० वर्षीया महिला,हेटौंडा-११ का ३३ वर्षीय पुरुष,हेटौंडा १४ का ३३ वर्षीय पुरुष रहेका छन् । यसैगरि वडा नखुलेको हेटौंडाकी ३२ वर्षीया महिला र बागमती गाउँपालिका वडा नंबर ४ का ३५ वर्षीय पुरुष रहेका छन् ।

यसअघि आज हेटौंडा उपमहानगरपालिका वडा नंबर २ को वनस्खण्डी शहरी स्वास्थ्य केन्द्रमा गरिएको एन्टीबढी परीक्षणमा थप २ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । पछिल्लो दिनहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमण तिब्र गतिमा बढेको देखिन्छ । हिजोपनि मकवानपुरमा ४५ जनाको स्वाब परीक्षण गर्दा थप २१ जनामा संक्रमण देखिएको थियो ।

यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ३ हजार ९ सय ४८ पुगेको छ । मकवानपुरमा हालसम्म कोरोना निको हुनेको संख्या ३ हजार ८ सय ६७ रहेको छ । मकवानपुरमा हालसम्म कोरोनाको कारण ३२ जनाको ज्यान गएको छ ।

हेटौंडाको शैक्षिक संस्थाहरु बन्द हुने,अनलाईन मार्फत कक्षा संचालन गराउने लगाईने:

कोरोना संक्रमण जोखिमका कारण मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्रका सार्वजनिक तथा निजी विद्यालय वैशाखभर बन्द हुने भएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसेको बैठकले गृह मन्त्रालय,शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट आएका निर्णयहरूलाई जिल्लामा आज बैसाख ७ गते देखि लागू हुने गरी कार्यान्वयन गर्ने निर्णय गरे संगै हेटौंडा उपमहानगरपालिका भित्रको सार्वजनिक तथा निजी विद्यालयहरु बन्द हुने भएको हो ।

प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा बसेको बैठकले हेटौंडा भित्रका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र) मा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म अनलाईन कक्षा संचालन गर्ने निर्णय गरेको गरेको हो ।

यसैगरि जिल्लाका ९ स्थानीय तहहरुले आफ्नो स्थानीय तह अन्तर्गतका विद्यालयहरूमा जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गराई पठन पाठन गराउन सक्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*