वन सचिव डा.ओलीको बिदाइ

बाइलाइन नेपाल
७ बैशाख २०७८, मंगलवार १५:५१
jg ;lrjnfO{ labfO sf7df8f}F, & j}zfv M jg tyf jftfj/0fdGqL k|]daxfb'/ cfn] dGqfnoaf6 ;dofjlw ;lsP/ clgjfo{ cjsfz lng'ePsf jg ;lrj 8f ljZjgfy cf]nLnfO{ dªunaf/ dGqfnodf labfO ub}{ . t:jL/ M ljdnaxfb'/ lji6, /f;;

काठमाडौं । निजामती सेवाको आफ्नो ३० वर्षे सेवा-अवधि पूरा गरी आज अनिवार्य अवकाश पाएका वन तथा वातावरण सचिव डा.विश्वनाथ ओलीलाई आज मन्त्रालयमा बिदाइ गरिएको छ । वनमन्त्री प्रेमबहादुर आलेले डा.ओलीलाई बिदाइ गर्दै उनी एक विज्ञ तथा मन्त्रालयका लागि योग्य व्यक्ति भएकाले मन्त्रालयलाई उनको आवश्यकता सधैँ पर्ने बताए ।

सेवानिवृत्त डा.ओलीले निजामती सेवामा प्रवेश गरेपछि आफूले विद्यावारिधिसम्म गर्न पाएको र राष्ट्र, राष्ट्रियता तथा नेपाली नागरिकका लागि उल्लेख्य योगदान गरेको बताए । आफ्नो सेवा-अवधि पूरा गरेका वन मन्त्रालयका उपसचिव श्रीकृष्ण वस्ती र चालक विदुर गौतमलाई पनि आजै बिदाइ गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*