हेटौँडा उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा कक्षा ८ को परीक्षा १९ गतेदेखि

बाइलाइन नेपाल
७ बैशाख २०७८, मंगलवार १५:३७

हेटौँडा उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा वैशाख १९ गतेबाट संचालन हुने हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले आज सूचना जारी गर्दै कक्षा ८ को परीक्षा १९ गतेबाट संचालन गरिने जानकारी दिएको हो ।
अन्य कक्षाको परीक्षा भने बैशाख ९ गतेबाट संचालन हुने उल्लेख गरिएको छ ।

सरकारको निर्णय अनुसार कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि सम्पूर्ण स्वास्थ्य सम्बन्धी मापदंड अनपाएर परीक्षा गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबोल महतले रातोपाटीसमक्ष बताए ।

यसैबीच, हिजो सोमबार मात्र नेपाल शिक्षक महासंघले वैशाखको दोस्रो हप्ताबाटै परीक्षा संचालनको व्यवस्था मिलाउन हेटौंडा उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको थियो ।

नगर प्रमुख महतलाई भेटेर नेपाल शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक परिषद्, इष्टु हेटौँडा उपमहानगरपालिका, प्याब्सन हेटौँडा उपमहानगरपालिका, सस्थागत विद्यालय अभिभावक संघ र राष्ट्रिय अभिभावक संघका अध्यक्ष तथा प्रतिनिधिहरुको टोलिले परीक्षा छिट्टै संचालन गर्न ध्यानाकर्षण गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*