सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, मास्क नलगाए १० रुपैयाँमा मास्क दिनुपर्ने

बाइलाइन नेपाल
६ बैशाख २०७८, सोमबार १७:५१

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक यातायातमा यात्रुले माक्स अनिवार्य लगाउनुपर्ने निर्णय पनि गरेको छ । यदि मास्क नलगाए १० रुपैयाँमा मास्क दिनुपर्ने गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।

त्यसैगरी गाडीलाई नियमति सेनिटाइज गर्नुपर्ने, माक्स नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाइ यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय बैठकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*