मेइहोकु कम्पनीद्वारा पोखरा महानगरपालिकालाई ३५ हजार थान मास्क हस्तान्तरण

बाइलाइन नेपाल
६ बैशाख २०७८, सोमबार १५:५३

काठमाडौं । जापानको मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण तथा रोकथामका लागि ३५ हजार थान मास्क प्रदान गरेको छ ।  पोखरा महानगरपालिकामा आयोजित एक विशेष कार्यक्रम बीच कम्पनीका अध्यक्ष शोगो अदाचीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जी.सी.लाई उक्त मास्क हस्तान्तरण गरेका हुन् ।

नेपालमा जापानिज भाषा कक्षा सञ्चालन गरिरहेको मेइहोकु ट्रेनिङ्गको अगुवाईमा जापानको किताना गोया शहर अवस्थित मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई करिब १७ लाख रुपैयाँ बराबरको ३५ हजार थान मास्क उपलब्ध गराएको मेइहोकुका अध्यक्ष अदाचीले बताए ।

कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरिएको उनले बताए । मास्कले कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुग्ने बताउँदै नगर प्रमुख जी.सी.ले नेपाल–जापानबीच सुमधुर सम्बन्ध रहेको र जापानको यस्तो सहयोगले नेपाल र नेपालीको मन जितेको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*