माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिमण्डल पुनर्गठन, ४ बजे शपथ
अविश्वास प्रस्तावको सामना गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नेकपा माओवादी सरकारबाट बाहिरिएसँगै पोखरेलले मन्त्रिमण्डल पुनर्गठनको निर्णय गरेका हुन् । सोमवारै ४१ जना सांसदहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै माओवादी मन्त्रीहरु सरकारबाट बाहिरिएका हुन् । राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर नवनियुक्त मन्त्रीहरुको शपथ ४ बजेका लागि तय भएको बताए । तर उनले पोखरेलले क–कसलाई मन्त्री बनाउन लागिएको भन्नेबारे भने खुलाएनन् ।

बाइलाइन नेपाल











