८१ जनाको परीक्षण गर्दा ७५ जनालाई कोरोना संक्रमण

बाइलाइन नेपाल
५ बैशाख २०७८, आईतवार १४:५८

नेपालगञ्ज । बाँकेमा आइतबार ७५ जना कोरोना संक्रमित थपिएका छन्। भेरी अस्पताल, नेपालगञ्जले ८१ जनाको जाँच गरेकोमा ७५ जनालाई कोरोना पुष्टि भएको हो ।

जाँच गरिएकोमध्ये ९२.६ प्रतिशतलाई कोरोना देखिएको छ। अस्पतालका अनुसार, स्वास प्रश्वासमा समस्या भएका, ज्वरो आएका वा अन्य लक्षणसहित अस्पतालमा आएका व्यक्तिहरुको जाँच भएकाले कोरोना देखिने प्रतिशत बढी भएको हो। अहिले कोरोना पुष्टि भएकाहरु बाहिर स्वाव संकलन गरिएका छैनन् । भेरीमा रहेको एक सय ४२ बेड भरिसकेको छ । १५ शैयाको कोभिड आइसीयू पनि भरिएको छ ।

तीव्र गतिमा बढिरहेको संक्रमणलाई बेलैमा रोक्न नसके स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने स्वास्थ्यकर्मीहरुले आकलन गरेका छन् । यसैबीच, भारतको गुजरातबाट आएका सुर्खेत सिम्ताका २५ वर्षीय युवालाई कोरोना पुष्टि भएको छ। नेपालगञ्ज नाकामा जाँच गर्दा उनलाई कोरोना देखिएको हो। चैत्र महिनादेखि अहिलेसम्म नाकामात्रै २६ जनालाई कोरोना पुष्टि भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*