नेदरल्याण्ड्सले दियो नेपाललाई १३७ रनको लक्ष्य

बाइलाइन नेपाल
४ बैशाख २०७८, शनिबार १६:२१

४ वैशाख काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको डच टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनायो ।

नेदरल्याण्ड्सको शुरुवात राम्रो थिएन । दोस्रो ओभरको छैटौं बलमा सन्दीप लामिछाने म्याक्स ओ डोडलाई एलबीडब्लू धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आए बेन कुपरलाई खाता खोल्न नदिई सोमपाल कामीले आउट गरे ।

तर १२ रन जोड्दा २ विकेट गुमाएको डच टोलीको पारी स्कट एडवार्ड्स र बास डे लिडले सम्हाले र, दुवैले तेस्रो विकेटका लागि ६१ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौ बलमा डेब्युटान्ट शाहब आलमले एडवार्ड्सको विकेट लिए ।

१७औं ओभरको अन्तिम बलमा सन्दीपले बास डे लिडलाई कुशल भुर्तेलको हातबाट क्याचआउट गराए । शाह आलमले नेदरल्याण्ड्सका सक्ट एडवार्ड्सलाई आरिफ शेखको हातबाट क्याचआउट गराए । उनको यो डेब्यु विकेट समेत हो । एडवार्ड्सले ३१ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ३० रन बनाए ।

त्यसपछि कप्तान पिटर सिला र अन्टोनिओस स्टलले पाँचौ विकेटका लागि अविजित ३७ रनको साझेदारी गरे । सिलार २२ र स्टल २० रनमा अविजित रहे । बलिङमा नेपालका लागि सन्दीप लामिछाने ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १३ रन मात्र खर्चेर १ विकेट तथा स्पिनर शाहब आलमले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा २२ र अविनाश बोहराले ४ ओभरमा २५ रन खर्चिएर विकेट लिन सकेनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*