सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने – राजनीतिक संकटलाई निकास दिनु आवश्यक छ

बाइलाइन नेपाल
४ बैशाख २०७८, शनिबार १३:४५

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकटलाई निकाय दिनु आवश्यक रहेको भन्दै सबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने धारणा राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा ओलीले यस्तो बताएका हुन् ।

उनले राजनीतिक संकटका कारण कोरोना नियन्त्रण लगायतका काममा बाधा परिरहेको समेत जिकिर गरे । बैठकको सुरुमै बोल्दै ओलीले लामो समयदेखि सबै दलसँग भेटघाट तथा छलफल नभएको भन्दै सामाजिक तथा राजनीतिक विषयमा राय–सुझाव लिन बैठक आवश्यक रहेकाले बोलाएको बताए ।

उनले कोरोनाको दोस्रो लहरबाट कसरी जोगिने भन्नेबारे पनि सुझावको अपेक्षा रहेको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*