हेटौंडामा संक्रमित बढ्दै,आज पनि २ जनामा कोरोना, हाल कुन वडामा कति सक्रिय संक्रमित ?
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो केहि दिन एता दिनानुदिन संक्रमित पुष्टि हुनेको संख्या बढ्दै गएको छ । आज शुक्रबार पनि हेटौंडामा थप २ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा हेटौंडा-८ की २२ वर्षीया महिला र हेटौंडा-११ का ३४ वर्षीय पुरुष रहेका छन् ।
आज १६ जनाको स्वाब परीक्षणमा थप २ जनामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । हिजो (बिहिबार) पनि हेटौंडामा १ जनामा संक्रमण पुष्टि भएको थियो । पुष्टि हुनेमा हेटौंडा ४ का ५० वर्षीय पुरुष रहेक थिए । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १९ पुगेको छ । सक्रिय संक्रमितमा १८ जना हेटौंडा उपमहानगरपालिका र १ जना थाहा नगरपालिकाका रहेका छन् ।
सक्रिय संक्रमितमा हेटौंडा-१ का २ जना, २ र ३ का ४/४ जना,४ र ८ का ३/३ जना तथा ५ र ११ का १/१ जना रहेका छन् । यसैगरी थाहा नगरपालिका-४ मा एक जना रहेकी छन् ।
हाल मकवानपुरमा रहेका १९ जना सक्रिय संक्रमितमा १२ जना पुरुष र ७ जना महिला रहेका छन् । जसमा ३ जना जेष्ठ नागरिक रहेका छन् भने १ जना बालक रहेका छन् । उनिहरु होम आइसोलेसन घरमा उपचाररत रहेको र हालको स्वास्थ्य अवस्था सामान्य रहेको जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
मकवानपुरमा हालसम्म कोरोना पुष्टि संख्या ३ हजार ९ सय १३ जनामा ३ हजार ८ सय ६२ जना संक्रमण मुक्त भईसकेका छन् । यसैगरि मकवानपुरमा कोरोना संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा २६ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि थाहा नपालिकाका र मनहरी गाउँपालिकाका २/२ रहेका छन् भने बागमती र बकैया गाउँपालिकाका १/१ जना रहेको छन् ।

बाइलाइन नेपाल











