सञ्चाकर्मीमाथि प्रहरी धरपकडको पत्रकार महासंघ उपत्यका प्रदेश समितिको आपत्ति

बाइलाइन नेपाल
३ बैशाख २०७८, शुक्रबार १६:२६

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले उज्यालो नेटवर्कका पत्रकारलाई पक्राउ गर्ने उद्देश्यले प्रहरीले गरेको खोजीनीतिप्रति ध्यानाकर्षण भएको जनाएको छ । उज्यालो नेटवर्क सञ्चालक तथा प्रधान सम्पादक बुद्ध लोप्चन र कार्यकारी सम्पादक अनिश तामाङलगायत प्रहरीले पक्राउ गर्न खोजेको भन्दै समिति आपत्ति जनाएको छ ।

समितिले प्रहरीको धरपकडको प्रयासबाट कार्यालय नै बन्द भएको चिन्ता प्रकट गरेको जनाएको छ । यसबाट संविधान प्रेसलाई दिएको अधिकार हनन भएको समितिको ठहर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*