सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्न आएकामध्ये ५० प्रतिशतमा कोरोना संक्रमण

बाइलाइन नेपाल
३ बैशाख २०७८, शुक्रबार १४:१४

कैलाली । नेपालमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा ६६ जनाको नमूना परीक्षण गर्दा झण्डै पचास प्रतिशतमा कोरोना संक्रमण पाइएको हो ।

शुक्रबार ६६ नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार संक्रमित हुनेमा धनगढीका १० महिला र १५ पुरुष, टीकापुरका १ पुरुष, घोडाघोडीका २ पुरुष, चुरे कैलालीका १ पुरुष, बडिकेदार डोटीका १ पुरुष, कञ्चनपुरको भिमदत्त नगरपालिकाका १ पुरुष छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीमा रहेको कोरोना अस्पतालमा कोरोना संक्रमित ९ जना पुरुष र ७ महिलाको उपचार भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*