शिक्षक–विद्यार्थीमा कोरोना देखिए विद्यालय बन्द गर्न महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक वा विद्यार्थीमा संक्रमण देखिए एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ । महानगरभित्रका विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको भेटिए उक्त विद्यालय कम्तीमा १ हप्ता बन्द गर्न निर्देशन दिएको हो ।
महानगरले संक्रमण देखिएका विद्यालयमा वैकल्पिक माध्यममार्फत कक्षा सञ्चालन गर्न पनि भनेको छ । महानगरले शुक्रबार एक सूचना जारी गर्दै कोरोना संक्रमण नदेखिएका विद्यालयहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न पनि अनुरोध गरेको छ ।

बाइलाइन नेपाल











