सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा उदयपुरकोे लालपत्तामा

बाइलाइन नेपाल
३ बैशाख २०७८, शुक्रबार १२:५५

उदयपुर । सिटिजन्स बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुयाउने उद्देश्यले उदयपुरको लालपत्तामा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्तामा १०९ ओैँ शाखा रहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी रोमा कुमारी थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*