हेटौंडाकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
हेटौंडा । हेटौंडा उपमहानगरपालिका ६ पुतलीबाजर नजिकैको खहरे खोलामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रकाउ परेका छन् ।
बुधवार(हिजो) रातको १०:३० वजेको समयमा खोलाको बगरमा एक जना नावालिकालाई सामुहिक करणी भएको भन्ने सूचना प्राप्त भएपछि प्रारम्भिक अनुसन्धान गर्दा उक्त घटना सामुहिक करणी नभई बालिकाको केटासाथी पर्सा बिरगंज महानगरपालीका वडा नं २३ घर भई हाल हेटौंडा ६ डेरा गरी बस्ने बर्ष २१ को बिशाल पासवानबाट करणी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
पासवानलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

बाइलाइन नेपाल











