हेटौंडामा थप २ जनामा कोरोना,संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ९०८ पुग्यो
हेटौंडा । पछिल्लो केहिदिन एता मकवानपुरको हेटौंडामा दैनिकजसो कोरोना भाइरस संक्रमित पुष्टि हुनेको संख्या बढ्दै गएको छ । हेटौंडामा पछिल्लो २४ घण्टामा ११ जनामा गरिएको कोरोना परीक्षणमा थप २ जनामा पुष्टि भएको छ ।
पुष्टि हुनेमा हेटौंडा-२ का ४९ वर्षीय पुरुष र हेटौंडा-५ का ३७ वर्षीय पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ३ हजार ९ सय ८ पुगेको छ ।
मकवानपुरमा हालसम्म पुष्टि भएकामा ३ हजार ८ सय ६० जना संक्रमण मुक्त भएका छन् । मकवानपुरमा कोरानाको कारण हालसम्म ३२ जनाको ज्यान गएको छ । मकवानपुरमा आजको दिनमा १५ जना सक्रिय संक्रमित होम आइसोलेसनमा उपचाररत रहेका छन् ।

बाइलाइन नेपाल











