स्वतन्त्र जन दवाव अभियानद्धारा पत्रकार महासंघ अध्यक्ष गौतमलाई ज्ञापन पत्र पेश
स्वतन्त्र जनदवाव अभियानले पूर्वाधार बिकास कम्पनी लि.ले जनताबाट उठाएको रकम फिर्ता गर्ने अभियान अन्तर्गत आज नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई ज्ञापन पत्र पेश गरेको छ ।
आज नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष गौतमलाई ज्ञापन पत्र बुझाउदै स्वतन्त्र जनदवाव अभियानका संयोजक अनिलकुमार खातिले जनताले खसीबोका, कुखुरा बेचेर लगाएको लगानी काम नहुने भएपछि फिर्ता गर्नुपर्नेमा नेपाल पूर्वाधार कम्पनीले त्यसो नगरेको भएर आफुहरुले यो अभियान शुरु गरेको बताउनुभयो ।
साथै जनतालाई सुसुचित पार्न पत्रकारहरुको साथ चाहिने बताउनुभयो । ज्ञापन पत्र बुझ्दै पत्रकार महासंघ अध्यक्ष गौतमले यो राम्रो अभियान भएकोले आफुहरुले सुरुङमार्ग सम्बन्धी बिषयमा समाचारहरु प्रकासन रप्रशारण गरेर सहयोग गर्न सक्ने बताउनुभयो ।
२०७० कात्तिक २५ गते नेपाल पूर्वाधार कम्पनीले काम सम्पन्न गर्ने गरी हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौ सुरुङ मार्गको सिलान्यास गरेकोमा त्यसको ८–९ बर्ष पुगीसक्दा पनि अझै निर्माणका लागि केही काम शुरु नगर्दासमेत सरकार मुकदर्शक बनेकोले जनताको २३ करोडभन्दा धेरै रकम फसेको छ । साथै नेपाल पूर्वाधार बिकास कम्पनीले सुरुङमार्ग निर्माण गर्न सबैलाई सेयर लगानी गर्न गरेको आग्रहबाट मकवानपुरका तत्कालिन जिबिस, हेटौडा उपमहानगरपालिका, मकवानपुर उद्योग बाणिज्य संघ लगायत बिभिन्न संघ–संस्था र धेरै जनताको लगानी परेको छ ।

बाइलाइन नेपाल











