बि.एड. प्रथम वर्षले जित्यो भलिबलको उपाधि

बाइलाइन नेपाल
३१ चैत्र २०७७, मंगलवार १६:०९

बि.एड. प्रथम वर्षले जित्यो भलिबलको उपाधि नयाँ वर्ष २०७८ को अवसरमा हेटौँडा क्याम्पसमा छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न कक्षाका सात ओटा समूह सहभागी प्रतियोगितामा बि.एड. प्रथम विजयी भएको छ भने कक्षा १२ मानविकी समूह दोस्रो भएको छ ।

मङ्गलबार भएको फाइनल खेलमा बि. एड. प्रथम वर्षले कक्षा १२ मानविकीलाई २५–१७, २५–२२, २२–२५ र २६–२४ को सेटमा पराजित गरेको हेटौँडा क्याम्पसका स्वास्थ्य तथा खेलकुद शिक्षक दिपेन्द्र ढकालले जानकारी दिनुभएको छ । प्रतियोगितामा बि. एड. प्रथम वर्षका अजय माझी उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रथम र दोस्रो हुने समूहलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको अतिरिक्त क्रियाकलाप समितिका संयोजक मनोज पोखरेलले बताउनु भएको छ ।

पुरस्कार वितरण समारोहमा हेटौँडा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष कमानसिंह पाख्रिन, सदस्य प्रदीप कोइराला, क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धर, सहायक क्याम्पस प्रमुख देवीराम लामा लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*