काठमाडौंसहित ठूला सहरका विद्यालय बन्द गर्न सिफारिस

बाइलाइन नेपाल
३१ चैत्र २०७७, मंगलवार १६:०६

कोरोना भारइसको नयाँ भेरियन्ट्स फैलिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकासहित ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ। नेपालमा पछिल्लो समय कोरोना भारइसको नयाँ भेरियन्ट्स फैलिएको र यसबाट बालबालिकासमेत उच्च जोखिममा रहेको पाइएपछि मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको हो।

काठमाडाैं उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए।

अर्यालले भने, ‘काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, वीरगन्जसहित १५ वटा ठूला सहर छन्। यहाँ संक्रमण फैलन सक्ने भएकोले कम गर्न खोजेको हो। अहिलेको नयाँ भाइरस एकदम संक्रमणशील छ। त्यसैले एकैचोटी धेरै मानिस बिरामी भएर अस्पताल आए भने उपचार गर्न सकिँदैन।’ विद्यालयसहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालीन व्यवसाय पनि बन्द गर्न सिफारिस गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*