५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

बाइलाइन नेपाल
३१ चैत्र २०७७, मंगलवार १५:५२

काठमाडौं । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

ठकुरीले नागार्जुन नगरपालिका-६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेको उजुरीका आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*