नेपालमा आज एकैदिन कोरोनाबाट थप १३ जनाको मृत्यु
हेटौंडा । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्नुको साथै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ जना रहेको स्वास्थ्य मन्त्रालयलले जनाएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा थप ५५९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा स्रंक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३८ जना निको भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ ।

बाइलाइन नेपाल











