हेटौंडामा करेन्ट लागेर पाख्रिन दम्पतीको मृत्यु

बाइलाइन नेपाल
३० चैत्र २०७७, सोमबार १३:२५

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।  करेन्ट लागेर मृत्यु हुनेमा हेटौंडा-९ शान्तिचोकका ३५ वर्षीय समिर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाकारी दिए ।

प्रवक्ता रिमालका अनुसार आज बिहान ९ बजे पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डन्डिले उठाउन खोज्ने क्रमममा करेन्ट लागेर मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*