लुम्बिनी प्रादेशिक अस्पतालमा तीनजना संक्रमितको मृत्यु

बाइलाइन नेपाल
३० चैत्र २०७७, सोमबार १२:५२

बुटवल । कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार बिहान ३ जनाको मृत्यु भएको छ । सो अस्पतालका सूचना अधिकृत डा. विष्णु गौतमले हस्ताक्षर गरेको पत्रमा कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी अर्घाखाँची, मालारानी गाउँपालिका–५ की ७९ वर्षीय महिलाको बिहान पौने ८ बजेको समयमा मृत्यु भएको हो । उनी ज्वरो र दमको समस्याका कारण सो अस्पतालमा चैत २७ गते भर्ना भएकी थिइन् ।

सोमबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीय महिला र कपिलवस्तुको बाणगङ्गा नगरपालिका–३ का ७९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*