टिकटक बनाउन कर्णाली पुलबाट हाम फाल्दा एक किशोर बेपत्ता

बाइलाइन नेपाल
२९ चैत्र २०७७, आईतवार १५:१७

कैलाली – कैलालीको कर्णाली पुलबाट टिकटक बनाउन तीन जनाले हाम फाल्दा एक जना बेपत्ता भएका छन् । शनिबार दिउँसो तीन जनाले नदीमा हाम फालेका थिए । ती मध्ये लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन् ।

उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय वीरेन्द्र सिंहलाई सकुशल उद्दार गरिएको छ । प्याकुरेल घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरू तिनै जना कक्षा १० मा अध्यनरत छन् ।

टिकटक बनाउन भन्दै नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय लम्कीमा प्रमुख प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*