जंगलमा युवतीको शव फेला

बाइलाइन नेपाल
२९ चैत्र २०७७, आईतवार १५:०७

रुपन्देहीको जंगलमा एक युवतीको शव फेला परेको छ । बुटवलको गोलपार्क नजिकको जङ्गलमा सडेगलेको अवस्थामा शव फेला परेको हो ।  केही दिन अघि केबुलकार शिलान्यास गरिएको बाटोको छेउ नालीमा जिन्सको पाइन्ट लगाएकी अन्दाजी २५ देखि ३० वर्ष उमेरकी ती महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको अहिलेसम्म सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतीत सिंह राठौरले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*