बाबुरामको प्रस्तावबारे काँग्रेस पदाधिकारी बैठकमा छलफल हुने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको आग्रहपछि काँग्रेस पदाधिकारी बैठक बस्दै छ ।
पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो दुई बजे बैठक बस्दै छ । सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न पदाधिकारी बैठक बस्ने भनिएपछि जसपाको प्रस्तावबारे पनि छलफल हुने बुझिएको छ ।
यो पनि पढौँ…
देउवालाई बाबुरामको प्रस्ताव : तपाईं अघि सर्नुहोस्, नत्र म सर्छु !
जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले काँग्रेस सभापति शेरबहादुर देउवासँग आफूले प्रस्ताव दर्ता नगर्ने हो भने जसपालाई साथ दिन भट्टराईले प्रस्ताव राखेको स्रोतको दाबी छ ।
उपेन्द्र–बाबुराम पक्षले राखेको प्रस्तावबारे देउवाले पदाधिकारी बैठकमा छलफल गरेर जवाफ दिने बुझिएको छ । यता जसपाको पनि पदाधिकारी बैठक बस्दैछ । जसपाले आजको पदाधिकारी बैठकबाट आफ्नो नेतृत्वमा सरकार बनाउनेबारे पछि हुने स्रोतले जानकारी दियो ।

बाइलाइन नेपाल











