नुवाकोटमा सत्तानिकट पत्रकारको प्यानलद्वारा धाँधलीको आरोप, निर्वाचन रद्द गर्न उजुरी

बाइलाइन नेपाल
२६ चैत्र २०७७, बिहीबार ११:३९

नेपाल पत्रकार महासंघ नुवाकोटमा मत्रपत्रको विषयमा विवाद भएको छ । सत्ता निकट पत्रकारहरुको गठबन्धनका उम्मेदवारहरूले निर्वाचन कार्य रद्द गर्न माग गर्दै पत्रकार महासंघ केन्द्र र बागमती प्रदेश निर्वाचन समिति र जिल्ला प्रशासन कार्यालय नुवाकोट समेतलाई बोधार्थ गरेर आग्रह गरेका हुन् ।

बुधबार सम्पन्न निर्वाचनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन पश्चात नमूना मतपत्र समेत उपलब्ध नगराइ जिल्ला कार्यसमिति र केन्द्रीय परिषद् सदस्य पदको मतपत्रमा निर्वाचन कार्यविधि तथा आचारसंहिता विपरित मतपत्र क्रम नं. उल्लेख गरिएको र अर्धकट्टी समेत नष्ट गरिएको उजरीकर्ताहरुको आरोप छ ।

यसरी निवेदन दिनेमा सत्ता निकट प्यानलबाट अध्यक्ष पदका प्रत्यासी नारायणप्रसाद नेपाल, उपाध्यक्षका उम्मेदवार नवदीप श्रेष्ठ, महिला उपाध्यक्ष पदका उम्मेदवार रुपा अर्याल, केन्द्रीय परिषद् सदस्य पदका उम्मेदवार देवचन्द्र भट्टका साथै कोषाध्यक्ष पदका उम्मेदवार गमला लामालगायत रहेका छन् ।

उनीहरुको असन्तुष्टिका बीच निर्वाचन समितिले मत परिणाम भने सार्वजनिक गरिसकेको छ । जसअनुसार सत्ता निकट पत्रकारको प्यानल विजयी भएको छ भने लोकतान्त्रिक–व्यवसायिक प्यानल विजयी भएको छ ।
जसअनुसार लोकतान्त्रिक–व्यवसायिक प्यानलबाट अध्यक्षमा कपिलदेव खनाल विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा नवराज सुवेदी र जमुना गजुरेल विजयी भएका छन् ।

यसैगरी सहसचिवमा सुरज सिलवाल, कोषाध्यक्ष सुनिल विष्ट, सदस्यमा रविन दाहाल, सुजित भण्डारी, मुकुन्दराज अर्याल, हरि भेटवाल, उषा रेग्मी, राममणि अधिकारी, कृष्ण अधिकारी विजयी बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*