सुनको मूल्य तोलामा एक हजार बढ्यो

बाइलाइन नेपाल
२६ चैत्र २०७७, बिहीबार ११:३५

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*