लागुऔषधसहित २ जना पक्राउ

बाइलाइन नेपाल
२२ चैत्र २०७७, आईतवार १२:००

काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–२७ का १९ वर्षीय आजाद अन्सारी र पर्सा पकाहामैनपुर गाउँपालिका–५ का १९ वर्षीय अमित कुमार चौरासिया रहेका छन् ।

विरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५३४६ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाईछिपाई ल्याउँदै गरेको लागूऔषध भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट डाईजेपाम लेखिएको ६०० एम्पल, फेनारगन ६०० एम्पल, नुफिन लेखिएको ५०० एम्पल गरी १७०० एम्पुल बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*