काठमाडौंवासीलाई २०८१ को नयाँ वर्षमा पानीको नयाँ स्रोत जुटाउने प्रधानमन्त्रीको दाबी

बाइलाइन नेपाल
२० चैत्र २०७७, शुक्रबार १५:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालको नयाँ वर्षमा मेलम्ची खानेपानी आयोजनाको टनेलमा अन्य दुई स्रोतबाट पानी थपेर काठमाडौं ल्याइने बताएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ८१ सालको नयाँ वर्षमा याङग्री र लार्केको पानी पनि काठमाडौंमा ल्याइने दावी गरेका हुन् ।

अब मेलम्चीको टनेलमा पानी मिसाउने आयोजनाको नाम भने फेर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अबको आयोजनाको नाम फेर्नुपर्ला, मेलम्चीभन्दा मानिसले नपत्याउलान्, फेरि के हो–के हो भन्लान् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*