‘अस्ट्रेलिया पठाइदिन्छु’ भन्दै ठगी गरेको आरोपमा एक पक्राउ

बाइलाइन नेपाल
२० चैत्र २०७७, शुक्रबार १४:३०

‘अस्ट्रेलिया पठाइदिने’ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-८ का २३ वर्षीय अमित भुजेललाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई बिहीबार पक्राउ गरेको हो।भुजेलले सर्ट-टर्म भिसामा दुई/दुई वर्षको काममा लगाइदिने बताएका थिए। त्यसको लागि उनले एक सय ५ दिनमै प्रक्रिया पूरा गरिदिने बताएका थिए।

त्यसबापत उनले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै २ जनाबाट ९ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै पीडितले जाहेरी दिएका थिए।

सोही जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको महाशाखाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*