वायु प्रदूषण रोक्न सरकार मौन बसेको भन्दै सिंहदरबार अगाडि प्रदर्शन

बाइलाइन नेपाल
२० चैत्र २०७७, शुक्रबार १३:२६

काठमाडौँ – हरित नेपालले देशमा लागेको डढेलो तथा वायु प्रदूषणले जनस्वास्थ्यमा संकट परेको भन्दै शुक्रबार प्रदर्शन गरेको छ। ‘वातावरण मन्त्रालय हराएको सूचना’ सहित प्रदर्शनकारी सिंहदरबारको पश्चिम गेटमा पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । जलवायु संकट वा जनस्वास्थ्य संकट घोषणा गर्नुपर्ने उनीहरूको माग छ ।

सिहंदरबार अगाडि पुगेका १३ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । देशभर बिहीबार १९ जिल्लाको ५९ वटा वनमा डढेलो लागेको थियो । केही दिनयता सुक्खा बढेपछि आगलागी हुँदै गएको छ । बुधबारभन्दा बिहीबार कम आगलागी भएको छ । बुधबार राति वर्षा भएकोले आगलागी कम भएको हो ।

बुधबार २९ जिल्लाको ८४ ठाउँमा वनमा आगलागी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*