अदालतले देशको परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछः माओवादी

बाइलाइन नेपाल
१९ चैत्र २०७७, बिहीबार १७:१४

नेकपा माओवादी केन्द्रले देशको परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको आरोप लगाएको छ । सर्वोच्च अदालतले बिहीबार नेकपा बारेको फैसलामा पुनरावलोकनको माग गर्दै दायर भएको रिटमा निस्सा दिन अस्वीकार गरेपछि माओवादीले तीव्र असन्तुष्टि जनाउँदै यस्तो आरोप लगाएका हो ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको भन्दै सबै पक्ष जाग्नुपर्नेमा जोड दिए । उनले अदालतको निर्णयलाई पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी भएको जिकिर समेत गरेका छन् ।

यो पनि…
नेकपा विवादमा सर्वोच्चद्वारा निस्सा दिन अस्वीकार, पहिलेकै फैसला सदर

‘सर्वोच्च अदालतले २०७७।११।२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी ह’, उनले ट्वीटरमा भनेका छन्, ‘यो गलत निर्णयप्रति हाम्रो तिब्र असहमति छ। अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ। जागौँ।’

नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार रिट दायर गरेका थिए । सो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा आज चढेको थियो ।

तर अदालतले फागुन २३ कै फैसलालाई सदर गर्दै निस्सा दिन अस्वीकार गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*