मकवानपुरको थाहामा शालनाल सहित नवजात शिशुको शव फेला
हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा शालनाल सहित एक नवजात शिशुको शव फेला परेको छ ।
आज बिहिबार बिहान साँडे ११ बजे नगरपालिकाको वडा नंबर ६ को सरस्वती बजार नजिक नासलथान खोलाको बगरमा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको ।
प्रहरीका अनुसार नवजात शिशुको शवको टाउको,हात खुट्टा भागमा जनावरले टोकेको जस्तो देखिएको अवस्थामा फेला परेको छ। घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

बाइलाइन नेपाल











