प्रचण्डको रिट पेशीमा चढ्यो, प्रधानन्यायाधीशले आफै हेर्ने

बाइलाइन नेपाल
१९ चैत्र २०७७, बिहीबार १२:१६

काठमाडौं । नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले दर्ता गरेको रिट विहीबार पेशीमा चढेको छ । यो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा चढेको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँताउने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध अध्यक्ष प्रचण्डले गत सोमबार पुनरावलोकनको माग गर्दै निवेदन दर्ता गरेका थिए ।

उक्त निवेदनमाथि सर्वोच्चले विहीबार तीन सदस्यीय पूर्ण इजलास गठन गरी पेसी तोकेको हो । प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासमा हुने बहसले मागबमोजिम पुनरावलोकनका लागि स्वीकृति दिने–नदिने निर्णय गर्नेछ ।

पुनरावलोकन गर्ने आदेश भए फैसला कानुनसम्मत छ, छैन भन्नेबारे पुनरावलोकन हुनेछ । इजलासले पुनरावलोकन हुँदैन भनेर आदेश गरे सर्वोच्चको गत फागुन २३ कै फैसला सदर हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*