सुनको मूल्य तोलामा ९०० बढ्यो

बाइलाइन नेपाल
१९ चैत्र २०७७, बिहीबार ११:४९

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९०० रुपैयाँ बढेर तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ११९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*