नेपालमा थप १६२ जनामा कोरोना पुष्टि
हेटौंडा । नेपालमा थप १६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप १६२ जना संक्रमित थपिएको जानकारी दिएको हो । यो संगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ लाख ७७ हजार ३०९ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५९ जना संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या २ लाख ७२ हजार ७८६ जना पुगेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३० रहेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ४९३ रहेको छ ।

बाइलाइन नेपाल











