मकवानपुरको बकैयामा फेला परेको शवको पहिचान भएन,यस्तो छ हुलिया
हेटौंडा । मकवानपुर प्रहरीले पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा फेला परेको अन्दाजी ६५ वर्षीय एक वृद्धको शवको पहिचान खुल्न नसकेको जानकारी दिएको छ ।
चैत १६ गते साँझ बकैया गाउँपालिका वडा नंबर २ को कल्याण सामुदायिक वन भित्र धनसार खोला र च्यापुवार खोलाको दोभान स्थित भिरालो गोरेटो बाटोमा फेला परेको शवको पहिचान नभएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए ।
उनले घटना घटनास्थलमा पुगेर शवको मुचुल्का उठाउने तथा प्रारम्भिक अनुसन्धान काम सम्पन्न भएको बताए । प्रवक्ता रिमालका अनुसार मृतकको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएकोमा र शवको सनाखत हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरको अनुसार यस्तो मृत भेटिएका पुरुषको हुलियाः
वर्ण गहुँ गोरो, उचाई ५ फिट ४ ईन्च , पातलो शरिर, मंगोलियन वर्ण, अनुहार लाम्चो, दाहिने खुट्टाको नलिखुट्टामा पुरानो खाटा बसेको घाँउको खत रहेको, छोटो कालो कपाल, कालो रंगको ज्याकेट सो भित्र निलो रातो रंगको ट्याक लगाएको र गुलाबी रंगको सुरवाल लगाएको, निलो रंगको सल, कालो रातो र हरियो रंगको सल कम्बरमा बाधेको पातलो शरिर ।
मकवानपुर प्रहरीले मृतकलाई चिन्ने जो कोहिलाई नजिकैको प्रहरी कार्यालयमा सम्पर्क आग्रह गरेको छ ।

बाइलाइन नेपाल











