रौतहटमा एक पुरुष वेपत्ता

बाइलाइन नेपाल
१८ चैत्र २०७७, बुधबार १६:१५

रौतहट । रौतहटमा एक पुरुष वेपत्ता भएका छन् । जिल्लाको फतुवा विजयपुर ११ हिमालिवास घर भएका ४३ वर्षीय रमेश कोइराला (होमप्रसाद कोइराला) वेपत्ता भएका हुन् । मंगलबार बिहान दुधिअवा बजार जान भनी घरबाट निस्केका कोइराला बुधबार अपरान्हसम्म घर फिर्ता नआएको उनका दाई रामेश्वर कोइरालाले बताएका छन् ।

अन्दाजी ५ फिट ६ इन्च अग्ला गहुँ गोरो रङका उनी घरबाट निस्किँदा कालो गन्जी र हाल्फ़ प्यान्ट लगाएको रामेश्वरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*