हेटौंडाबाट लागूऔषध नाईट्राभेट ६० ट्याब्लेटसहित २ जना पक्राउ

बाइलाइन नेपाल
१८ चैत्र २०७७, बुधबार १५:४१

हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध नाईट्रोभेट ६० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ तिनताप्केस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट लागूऔषध नाईट्राभेट ६० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ बस्ने १८ वर्षीय सुशिल बर्तौला र मोरङको बिराटनगर महानगरपालिका वडा नंबर ४ बस्ने २१ वर्षीय रविन कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई प्रहरी चौकी लेवट मकवानपुरबाट खटिएको गस्ती टोलिले उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाको आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*