‘प्रधानमन्त्रीज्यू १३ करोडको होलीवाइन खानुभयो, जनताले चामल खान नपाउने ?’

बाइलाइन नेपाल
१८ चैत्र २०७७, बुधबार १४:०१

काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको बैठकमा काँग्रेस सांसद प्रकाश स्नेही रसाइलीले बझाङका जनताले चामल खान नपाएर मन्त्रालय धाउनुपरेको भन्दै सरकारले के हेरेर बसेको छ ? भन्दै सरकारको जवाफ माग गरे । उनले भने, ‘सम्माननीय प्रधानमन्त्री ज्यु बालुवाटारमा बसेर नृत्य हेरिरहनुभएको छ ।

अब यो नृत्यको टिकट बिक्री गर्ने, सांसद खरिद बिक्रीको उद्घोष गर्ने प्रधानमन्त्रीलाई मेरो विनम्रतापूर्वक अनुरोध छ, तपाईको सरकार बनिसकेपछि तपाईंहरुले १३ करोडको होलिवाइन खानुभयो तर बझाङका जनताले चामल खान पाउने कि नपाउने सम्माननीय प्रधानमन्त्रीसँग यसको जवाफ माग्न चाहान्छु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*