हेटौंडामा थप एक जनामा कोरोना पुष्टि
हेटौंडा । मकवानपुरको हेटौंडामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चैत १६ गते १० जनाको स्वाब परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ का ५३ वर्षीय पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यो संगै मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । मकवानपुरमा हालसम्म ३ हजार ८ सय ९३ जनामा संक्रमण पुष्टि भएकामा ३ हजार ८ सय ५८ जना संक्रमण मुक्त भईसकेको जनस्वास्थ्य कार्यलयले जनाएको छ ।
मकवानपुरमा कोरोना संकमणको कारण हालसम्म ३२ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा २६ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि थाहा नपालिकाका र मनहरी गाउँपालिकाका २र२ रहेका छन् भने बागमती र बकैया गाउँपालिकाका १र१ जना रहेको छन् ।

बाइलाइन नेपाल











