घट्यो सुनको मूल्य

बाइलाइन नेपाल
१८ चैत्र २०७७, बुधबार ११:४८

नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको हो
यस्तै तेजाबी सुन तोलामा ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा ११९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*