उपेन्द्रलाई ओलीको प्रश्नः चुनाव भएर लोकतन्त्र खतरामा पर्छ ?

बाइलाइन नेपाल
१७ चैत्र २०७७, मंगलवार १६:४७

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव भएर लोकतन्त्र कसरी खतरामा पर्छ भन्दै प्रश्न गरेका छन् । उनले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि अबको २० महिनामा नियमित प्रक्रियाबाटै पनि चुनाव हुने भन्दै त्यसले कसरी लोकतन्त्रलाई खतरामा पार्छ भन्दै प्रश्न गरे ।

रिपोर्टर्स क्लबको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले भने, ‘चुनाव भएर लोकतन्त्रलाई खतरामा पार्छ भने अब २० महिनामा त चुनाव नै हुन्छ नि । तालसुरमा कुरा गर्नुपर्छ मान्छेले ।’ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुन थालेकाले प्राप्त उपलव्धी गुम्ने हो कि भन्ने चिन्ता बढेको बताएपछि ओलीले यस्तो जवाफसहितको प्रश्न गरेका हुन् । अध्यक्ष यादवले नेपाली जनताले पटक पटक आन्दोलन गर्ने तर प्राप्त उपलव्धी जोगाउन नसक्ने नियति भोगि रहनुपरेको बताएका थिए ।

उनले तत्कालीन नेकपामा हुँदा आफूलाई कारबाही गर्नेदेखि अनेक एकता विरोधी हर्कत गरिएको उल्लेख गर्दै उनले सर्वोच्चले पार्टी भंग गरिदिएको भनेर अनावश्यक टिप्पणी गर्ने काम भएको बताए । ‘एकता बाँकी थियो र अदालतले भंग गरिदियो ?’, ओलीको भनाइ छ ।

ओलीले रिपोर्ट क्लबले मिसन पत्रकारिता भन्दा निष्पक्ष पत्रकारितामा विश्वास गर्दै भन्दै प्रशंशा समेत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*